देश/प्रदेश
शैक्षिक भ्रमणमा गएको बस दुर्घटना: २ को मृत्यु, एकै गाउँका ३२ जना घाइते
०

विराटनगर, मंसिर ४-
शैक्षिक भ्रमणमा गएको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एकै गाउँका ३२ जना घाइते भएका छन्। भ्रमणका क्रममा (हिजो) आइतबार इलामको कन्याम पुगेर फर्कंदै गरेको बस ना६ख ८४२४ नम्बरको बस बेलुका ५ बजे दुर्घटना हुँदा एक बालकसहित दुई जनाको मृत्यु भएको हो ।
धनुषाधाम नगरपालिका ९ बाट आएको बस कन्यामबाट फर्कंने क्रममा इलामको रोङ गाउँपालिका- ३ कोलबुङमा अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।
दुर्घटनामा परी धनुषाधाम नगरपालिका- ९ धारापानीका १२ वर्षीय बालक अर्पण लामा र सोही ठाउँकी ४० महिला तुल्मा लामाको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।
दुर्घटनामा ३२ जना घाइते भएका छन् । उनीहरु सबै धारापानीका स्थानीय हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























