क्रिकेट

क्रिकेट संघको चुनाव आज, पारस खड्का बागमती प्रदेशमा उठ्ने तयारी

Banner

काठमाडौं,साउन ३०-

काठमाडौं जिल्ला क्रिकेट संघको चुनाव आज हुँदैछ। अपरान्ह ४ बजे कालिकास्थानमा हुने चुनाव नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काका लागि महत्वपूर्ण मानिएको छ। खड्का बागमती प्रदेशमा उठ्ने तयारी गरिरहेका छन्।

काठमाडौं जिल्ला क्रिकेट संघका निवर्तमान अध्यक्ष अमिरविर पाण्डे र दिवाकर घले नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने तयारी छ। ३६ जना सदस्यले १५ सदस्यीय जिल्ला समिति चयन गर्नेछन्।

काठमाडौं जिल्लाले केन्द्रीय चुनावका लागि एक जना र प्रदेश चुनावका लागि ४ जना प्रतिनिधि पठाउने छ। जिल्ला समितिले साधारण सदस्यमध्येबाट पनि प्रतिनिधि पठाउन सक्ने कानुनी व्यवस्था रहेको छ।

क्यानको केन्द्रीय निर्वाचन आगामी असोज ५ र ६ गते हुँदैछ। त्यसअघि साउन मसान्तसम्म जिल्ला र भदौ २० गतेसम्म प्रदेशको चुनाव सम्पन्न गरिसक्नुपर्ने छ। प्रदेशले १३ सदस्यीय समिती चयन गर्ने छ भने आफ्ना सदस्य जिल्लाको आधा संख्यामा प्रतिनिधी केन्द्रीय निर्वाचनका लागि पठाउने छ।

क्यानको केन्द्रीय निर्वाचनमा वर्तमान कार्य समितिका १५, ४५ जिल्ला सदस्यका एक एक प्रतिनिधि र बाँकी प्रदेश प्रतिनिधिले मतदान गर्नेछन्। कुल ८८ मतदाता रहेपनि दुई जना केन्द्रीय पदाधिकारीले राजीनामा दिएका कारण आसन्न केन्द्रीय निर्वाचनमा ८६ जनाले मतदान गर्नेछन्। क्यानमा १७ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ।

हालसम्म ४२ जिल्ला सदस्यको निर्वाचन भइसकेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>