खेलकुद

सोमपालको नाममा एनपीएलको पाँचौ अर्धशतक

०
Banner

काठमाडौं,कात्तिक १२ –

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा पाँचौ अर्धशतक हिर्काउने खेलाडीमा कर्णाली याक्सका कप्तान सोमपाल कामी बनेका छन्। उनले आज विराटनगर किङ्सकाविरूद्ध २७ बलमा अर्धशतक पूरा गरे। जसमा २ छ्क्का र ४ चौका सामेल रहेका छन्। यसअघि आजै कर्णालीकैविरूद्ध विराटनगरका किङ्सका लोकेश बमले ३२ बलमा अर्धशतक हिर्काएका थिए। जारी एनपीएलमा लोकेश अर्धशतक हिर्काउने चौथो खेलाडी बने

प्रतियोगिताको तेस्रो अर्धशतक जनकपुर बोल्ट्सका मोइन अलीको नाममा छ। अलीले काठमाडौं गोर्खाजकाविरूद्ध ४९ बलमा अर्धशतक पूरा गरेका थिए।

यसअघि एनपीएलको दोस्रो अर्धशतक सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको नाममा छ। ऐरीले पोखरा एभेन्जर्सकाविरूद्ध ३६ बलमै अर्धशतक पूरा गरेका थिए। जारी एनपीएलको पहिलो अर्धशतक भने चितवन राइनोजका डेभिड मलानको नाममा छ । मलानले विराटनगर किङ्ग्सका विरुद्ध ४१ बलमै अर्धशतक हिर्काएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>