देश/प्रदेश

प्रहरी पोसाक खरिद अध्ययन उपसमितिः मङ्सिर १ देखि सम्बन्धितको बयान

०
Banner

काठमाडौँ, कात्तिक १२ –

निर्वाचन प्रहरीको पोसाक खरिदबारे अध्ययन गर्न गठित उपसमितिले समयसीमासहित अध्ययनको कार्यसूचीलाई अन्तिमरुप दिएको छ । सिंहदरबारमा आज भएको उपसमितिको बैठकले यही कात्तिकसम्म विभिन्न दस्तावेजको अध्ययन गर्ने निर्णय गरेको हो ।

आगामी मङ्सिर १ देखि १५ गतेसम्म सम्बन्धित पक्षको बयान र अन्तर्वार्ता तथा विषयविज्ञसँग छलफल गर्ने तथा अन्तिम पाँच दिन प्रतिवेदन लेखनका लागि छुट्याउने बारेमा आजको बैठकले सहमति जुटाएको उपसमितिका संयोजक एवं राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद मनिष झाले जानकारी दिनुभयो ।

उपसमितिले यसअघि अध्ययनको कार्यअवधि र कार्यविधि तोकिसकेको छ । उपसमितिलाई दुई महिनाको समयावधि दिइएको छ । आगामी मङ्सिर २० गतेसम्म उपसमितिले प्रतिवेदन बुझाइसक्नुपर्नेछ । उपसमितिमा सांसदहरु खगेन्द्र सुनार, गणेश धिमाल, योगेश गौचन थकाली, ऐन महर, रमेशकुमार मल्ल, महेन्द्रबहादुर शाही, आरेन राई र खुश्बु ओली सदस्य हुनुहुन्छ ।

रास्वपा सांसद सुनारले गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका क्रममा निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमिता भएको भन्दै छानबिनको माग गर्दै आउनुभएको थियो । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको गत असोज १६ गतेको बैठकले प्रहरीको पोसाक खरिद सम्बन्धमा अध्ययन गर्न झाको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>