देश/प्रदेश

जापानमा सोबिताको उपस्थितिमा क्षेत्रीय भेला र अन्तर्क्रिया

Banner

जापान, जेठ १९- 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट प्रवास नेपाली सम्पर्क विभाग केन्द्रीय समितिले जापानको ओसाका सहरमा क्षेत्रीय भेला आयोजना गरेको छ । यही जुन महिनाको ३ तारिखको दिन ओसाकाको किन्की क्षेत्रमा भेला आयोजना गरिएको हो ।

रास्वपा केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य सोबिता गौतमको आतिथ्यतामा आयोजना हुने भेलाले नेतृत्वसमेत चयन गर्ने प्रवास नेपाली सम्पर्क विभागका केन्द्रीय सदस्य प्रकाश आचार्यले जानकारी दिए ।

यसैगरी जुन ६ तारिखको दिन कान्तो क्षेत्रीय समितिको आयोजनामा नेपाली राजनीतिमा युवाहरुको उपस्थिति र भूमिका विषयमा अन्तर्क्रियात्मक कार्यक्रमसमेत आयोजना हुने आचार्यले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>