राजनीति

सर्प पालनको योजनामा मेरो संलग्नता पुष्टि भए म अहिलै हत्कडी लगाउन तयार छुः झलनाथ खनाल

Banner

काठमाडौं, जेठ १८

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सर्लाहीमा सर्प पालनको योजनामा आफ्नो कुनै संलग्नता नरहेको प्रष्टीकरण दिएका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राजनीतिक जीवन ६० वर्ष पुगेको भन्दै खनालले यस अवधिमा कुनै आपराधिक सोच नराखेको र सर्प फार्म बनाउने योजनामा पनि आफ्नो संलग्नता नरहेको बताएका हुन् ।

सर्प पालनको योजनामा आफ्नो कुनै योजना नरहेको र रहेको पुष्टि भए हत्कडी लाउन तयार रहेको बताउँदै, उनले भने, ‘म के भन्न चाहन्छु भने यदि सर्प फार्म बनाउने योजनामा मेरो संलग्नता भेटियो र एक पैसा मात्रै पनि मबाट दुरुपयोग भएको छ भने अहिले नै हत्कडी लगाउन तयार छु । ’

खनालले सर्पपालनको योजनालाई लिएर आफूमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि आग्रह गरे । ‘अख्तियार र अरु तमाम संस्थालाई भन्न चाहन्छु, मेरो छानबिन गर्नुस्’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>