अपराध

शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहित तीन प्रतिवादीको बयान सुरु

Banner

काठमाडौं, जेठ १८-

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा बिहीबार तीन प्रतिवादीको बयान लिने क्रम सुरु भएको छ । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा टोपबहादुर रायमाझी, आङटावा शेर्पा र समशेर मियाँको बयान सुरु भएको हो ।

टोपबहादुर पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका निलम्बित सचिव हुन् । उनी नक्कली भुटानी शरणार्थी प्रकरणको मुख्य योजनाकारमध्ये एक रहेको भन्दै मुद्दा प्रक्रिया अघि बढाइएको हो ।

यस्तै शेर्पा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । मियाँ भने हज समितिको अध्यक्ष हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीको बयान जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतमा लिन थालिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>