राजनीति

आफूमाथिको ट्रोलप्रति ओलीले भने– हातभरि सुनैसुन लगाइदिएछन्, त्यति सुन म बोक्न पनि सक्दिनँ होला

Banner

काठमाडौं, जेठ १७-

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले औंठी पनि नलगाउनेलाई सुनैसुन लगाएको ट्रोल बनाएर अफवाह फैलाएको बताएका छन्। कलाकारहरूलाई पार्टी प्रवेश गराउँदै उनले बदनियतपूर्वक ट्रोल बनाएर झूट फैलाएको बताएका हुन्।

‘एउटा मानिसले हाकाहाकी झूट बोल्ने कुकर्म कस्तो गर्छ होलारु केपी ओलीको फोटोमा हातभरि सुनैसुन लगाएको, यता पनि सुनैसुनका, बोकिनसक्नु सुनैसुन, त्यति सुन म बोक्न पनि सक्दिनँ होला’ उनले भने।

उनले भने, ‘अहिलेसम्म औंठीसमेत लगाएको छैन, बोक्न नसक्नेगरी सुन लगाएर यति साह्रो झूट फैलाए ।’

पशुपतिमा सुनको भनेर पित्तलको जलहरी हालिएको भनेर माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रतिनिधि सभा बैठकमा कुरा उठाएका थिए। एमालेले विरोध गर्दै संसद बैठक नै अवरुद्ध गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै प्रष्टीकरण दिनुपरेको थियो। र, संसद्को रेकर्डबाटसमेत हटाइएको थियो।

जलहरी प्रकरणले सदन तातेपछि सामाजिक सञ्जालमा ओलीको तस्बिरमा सुनैसुन लगाएर ट्रोल बनाइएको थियो।

ओलीले त्यसैको जवाफ फर्काएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>