अन्तर्राष्ट्रिय
प्रधानमन्त्री प्रचण्डले दिल्लीमा डोभाल र क्वात्रासँग भेट्दै
०

काठमाडौँ,जेठ १७-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रासँग भेटघाट गर्ने भएका छन् ।
बुधबार दिउँसो चार दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका प्रधानमन्त्री दाहालले डोभाल र क्वात्रासँग आफू बसिरहेको होटलमा भेटवार्ता गर्ने कार्यसूची रहेको छ । डोभालसँग ४ बजे र त्यसपछि क्वात्रासँग प्रधामन्त्रीले भेट गर्नेछन् ।
प्रधानमन्त्री दाहाल सरदर पटेल मार्गस्थित मौर्य होटलमा बसिरहेका छन् । प्रधानमन्त्रीको औपचारिक कार्यक्रम भने भोलिदेखि मात्र सुरु हुनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>