देश/प्रदेश

प्रधानमन्त्री प्रचण्डसँग भारत भ्रमणमा चेम्बर अध्यक्ष मल्लसहित सहभागी

Banner

काठमाडौं,जेठ १७-

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसँग चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लसहितको पदाधिकारी टोली भारत भ्रमणमा गएको छ । निजी क्षेत्रबाट प्रतिनिधत्व गर्दै चेम्बर पदाधिकारी टोली प्रधानमन्त्री दाहालसँग भारत भ्रमणमा गएको हो । भने टोलीमा अध्यक्ष मल्लसँगै निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, उपाध्यक्ष दिपक मल्होत्रा र उर्मिला श्रेष्ठ रहेका छन् ।

भारतीय निजी क्षेत्रसँग समेत अन्तरक्रिया गर्ने कार्यक्रम तय भएकोमा भारतीय व्यवसायीहरुसँग ऊर्जा क्षेत्रमा लगानी, पर्यटन तथा मझौला उद्योग व्यवसायमा लगानीको आग्रह गरिने अध्यक्ष राजेन्द्र मल्लले बताए ।

आज बुधबारदेखि सुरु भएको ४ दिने औपचारिक भ्रमण शनिबार समाप्त भएर नेपाल फर्कने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>