राजनीति

रेशम चौधरीको मुद्दा न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा, सुनुवाइ आज हुन सक्ने सम्भावना कम

Banner

काठमाडौं, जेठ १७-

रेशम चौधरीमाथि परेको मुद्दा न्याायधीश डाक्टर आनन्दमोहन भट्टराईको इजलासमा परेको छ। टीकापुर घटनामा अदालतबाट दोषी ठहर भई जन्मकैद भोगिरहेका रेशम चौधरीको सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको आज सुनुवाइ हुँदैछ। उनको मुद्दा अन्तिममा रहेकोले आज सुनुवाइ आज हुन सक्ने सम्भावना कम रहेको छ।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिद्वारा चौधरीको सजाय मिनाहा गर्ने निर्णयविरुद्ध टीकापुर घटनाबाट पीडित शारदा कडायत बोहोराले मंगलबार सर्वोच्चमा रिट दर्ता गरेकी थिइन्। टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी हुन्।

जिल्ला, उच्च र सर्वोच्च अदालतबाट जन्मकैद सजाय सुनाइएका चौधरी डिल्लीबजार कारागारमा थुनामा थिए। अदालतको फैसलाअनुसार चौधरी २०९४ साल फागुन १३ गतेसम्म जेलमा बस्नुपर्ने थियो। तर राष्ट्रपतिको निर्णयअनुसार चौधरी सोमबार नै रिहा भइसकेका छन्।

२०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपीसहित सात सुरक्षाकर्मीको मृत्यु भएको थियो। यसै क्रममा एक बालकको निर्ममतापूर्वक हत्या गरिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>