अर्थ

बजेटको केही बुँदा अर्थमन्त्रीले पढ्नै छुटाए

Banner

काठमाडौं, जेठ १६-

अर्थमन्त्री डा.प्रकाशशरण महतले संसदमा बजेट पढ्ने क्रममा केही बुँदा पढ्न छुटेको स्वीकार गरेका छन् । उनले शिक्षाको बजेटका केही बुँदा संसदमा पढेका थिएनन् ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. महतले केही बुँदा छुटेको स्वीकार गरे । ‘पढ्न छुटाएको सत्य हो । टाँसिएर अर्को पेजमा पुगेको छ’, बढानीलकण्ठ जस्ता स्कुल सातै प्रदेशमा लैजानेबारे अध्ययन गर्ने लगायतका बुँदा छुटेको भन्दै उनले हाँस्दै भने, ‘तर त्यो रेकर्डमा छँदैछ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>