राजनीति

रिहा भएलगत्तै रेशम चौधरी टीकापुर घटनामा मारिएका टेकबहादुरको घरमा पुगेर भनेः घटनाको सत्यतथ्य बाहिर आउनुपर्छ

Banner

कैलाली,जेठ १६-

टीकापुर घटनामा मारिएका टेकबहादुर साउदको घरमा रेशम चौधरी र रञ्जिता चौधरी पुगेका छन् । स्व. टेकबहादुर टीकापुर घटनामा मारिएका अढाई वर्षीय बालक हुन् ।

कारागारबाट रिहा भएर कैलाली पुगे लगत्तै उनीहरू साउदका अभिभावक भेट्न पुगेका हुन् । साउदको अभिभावकलाई रेशमले घटनाको सत्यतथ्य बाहिर ल्याउन आफूले पनि पहल गर्ने बताए

हिजो रिहा भएलगत्तै चौधरीले बालक सहित अन्य प्रहरी अधिकारीहरूले पनि न्याय पाउनु पर्ने बताएका थिए ।

त्यसको लागि उच्च स्तरीय आयोग बनाउनु पर्ने उनको माग छ । उनले टीकापुर घटना पहिचानको आन्दोलनका क्रममा भएको भन्दै यसलाई राजनैतिक ढङ्गबाट हल गरिनु पर्ने बताउँदै आइरहेका छन् ।

रेशम पत्नी रन्जिता सोही क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचन हुँदै हाल मन्त्री छिन् ।

आज उनले पनि सरकारले उक्त घटनामा सहादत प्राप्त गरेकाहरुलाई न्याय दिनु पर्ने बताएकी हुन् ।

२०७२ भदौ ७ गते आन्दोलनका क्रममा अढाइ वर्षका साउद सहित ८ प्रहरीको ज्यान गएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>