राजनीति

रेशम चौधरीलाई न्याय भएनः रवि लामिछाने

Banner

काठमाडौँ, जेठ १५–

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कैद माफी भएर रिहा भएका नागरिक उन्मुक्ती पार्टीका संरक्षक रेशम चौधरीलाई न्याय नभएको प्रतिक्रिया दिएका छन्।

संसद् भवन नयाँ बानेश्वरमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद माफी भएर छुट्दा चौधरी घटनामा दोषी प्रमाणित हुन पुगेको बताएका हुन्।

‘रेशम चौधरीले म निर्दोष छु भनेर दुई दिनअघिसम्म मलाई भनिरहनु भएको थियो। उहाँ निर्दोष हुनुहुन्छ होला भनेर हामी विश्वासमा थियौं। किनकि, हामीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सदनमा आवाज उठाइरहेका थियौं,’ उनले भने, ‘अहिले त उहाँ निर्दोष भएर छुट्नु भएन नि, उहाँको जुन लडाइँ थियो, त्यो लडाइँ उहाँले जित्नु नै भएन। उहाँ त कैद मिनाहा भएर निस्कनु भयो। कैद मिनाहा हुनु भनेको निर्दोष हुनु होइन।’

चौधरी निर्दोष नभइकन छुटेकोले थारू समुदायमाथि नै अन्याय भएको उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>