राजनीति

प्रधानमन्त्रीको भारत भ्रमणको टोलीमा ५ जना मन्त्री

Banner

काठमाडौं, जेठ १५-

मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारत भ्रमणमा जाने टोली स्वीकृत गरेको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली जेठ १७ गते भारत भ्रमणमा जाने र २० गते स्वदेश फर्किने कार्यक्रम छ । जसका लागि आज अपराह्न बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा जाने टोली स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणको टोलीमा पाँच जना मन्त्रीहरु सहभागी हुने छन् । टोलीमा भौतिक पूर्वाधार, ऊर्जा, परराष्ट्र, अर्थ र उद्योग मन्त्री लगायत रहने छन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>