राजनीति

पार्टी सुधार गर्ने कामगर्दा महामन्त्री पद गएपनि म सदस्य मात्रै भएर बस्न तयार छुः गगन

Banner

काठमाडौं, जेठ १५-

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय पार्टीमा जहाँ रोग लागेको छ त्यहाँ उपचार गर्नुपर्ने आवस्यक रहेको जानकारी दिएका छन् ।

कांग्रेस ललितपुरले आज गरेको कार्यक्रममा थापाले भने, ‘हाम्रो बेगलाई कसैले रोक्न सक्दैन, नयाँ पुराना कोहीसँग डराउन पर्दैन। तर पार्टीमा जहाँ रोग लागेको छ त्यहाँ उपचार गर्नुपर्छ र गलत निर्णय गर्नबाट पार्टीलाई रोक्न सकियो, पार्टीलाई सच्याउन सकियो र पार्टीलाई जनमुखी बनाउन सकियो भने कसैले पनि रोक्न सक्दैन्न् । ’

‘पार्टीको प्रत्येक सदस्य अब जोखिम उठाउन तयार हुनुपर्छ। सबै जना मानिस अब आफ्नो सुविधाको ठाउँबाट बाहिर निस्कनुपर्छ,’ थापाले भने, ‘मेरो पद गए जाओस्, म कांग्रेस कार्यकर्ता मात्रै भएर बस्न परे बस्छु। म कांग्रेसको महामन्त्री छु, पार्टी सुधार गर्ने काममा जोखिम उठाएर काम गर्दै गर्दा महामन्त्री गए जाओस्। सदस्य मात्रै भएर बस्न परे बसुँ।’

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>