राजनीति

आखिर म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन त चाहिएलाः पर्यटनमन्त्री किराँती

Banner

काठमाडौँ, जेठ १३-

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले घुस नखाँदा र नखुवाउँदा आफ्नो विरोधी सलबलाएको टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला, प्रमाणित गर म एक मिनेट बस्दिन । मन्त्रीजस्तो मान्छेले कसलाई घुस खुवाउनुपरेको हो र कसले घुस दिएका हुन् भन्ने विषय सार्वजनिक गर्न उनलाई चुनौती थपिएको छ ।’

केही दिन अघि लुम्बिनी विकास कोषका विषयमा मन्त्रालयका आन्तरिक विषय सार्वजनिक गरेर उनी यसै गरी विवादमा आएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>