राजनीति

जलहरी प्रकरण निराधार भन्दै युवा संघको प्रदर्शन

Banner

काठमाडौं,जेठ १३-

नेकपा एमाले निकट युवा संघ नेपालले नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले संसद्‌मा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पशुपतिनाथको जलहरी प्रकरणमा लगाएको आरोपविरुद्ध प्रदर्शन गरेको छ।

शनिवार काठमाडौंको बानेश्वर चोकमा युवा संघ नेपालले विरोध गरेको हो। प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद दाहालले जलहरी सुनको नभई पित्तलको भएको र यसको सम्पूर्ण जिम्मेवारी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने अभिव्यक्ति दिएका थिए। सोही विषयलाई लिएर युवा संघले विरोध जुलुस निकालेको हो। प्रतिनिधिसभाको जेठ ११ गतेको बैठकमा नेकपा एमालेले विरोध जनाएको थियो।

प्रदर्शनमा सहभागीले सिसिटिभी फुटेज खाने मुसा कहाँ गयो ?, लडाकु घोटाला छानबिन गर, राजन दाहाल सोचेर बोल, युवाले खोल्दै छन् पोल लगायतका प्लाकार्ड बोकी विरोध जनाएका थिए। प्रतिनिधिसभाको आजको बैठकमा सांसद दाहालको उक्त भनाइ संसद्को रेकर्डबाट हटाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>