राजनीति

सत्तापक्षले माफी नमागे एमालेले आज पनि संसद चल्न नदिने

Banner

काठमाडौं, जेठ १३–

प्रतिनिधि सभा बैठक आज बस्दै छ। संघीय संसद भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे बैठक बस्ने संघीय संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने बैठकको कार्यसूची छ।

शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरेका कारण प्रधानमन्त्रीले सदनमा जवाफ दिन पाएका थिएनन्।

पशुपतिको जलहरीबारे माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसदीय दलका नेता केपी ओलीमाथि गम्भीर आरोप लगाएको भन्दै एमालेले त्यसको जवाफ माग्दै संसद अवरुद्ध पारेको थियो।

शुक्रबार एमालेको अवरोधपछि २० मिनेटका लागि बैठक स्थगित गरेर छलफल गरिएको थियो। तर, अबेरसम्म पनि सहमति जुट्न नसकेपछि बैठक आजका लागि सारिएको थियो।

एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले पशुपतिको जलहरीबारे स्पष्ट कुरा सरकारले सदनलाई जानकारी नगराए आज पनि संसद चल्न नदिने बताए।

जलहरीमा अनियमितता भएको छ भने त्यसको अनुसन्धान गरेर कारबाहीमा ल्याउने सन्दर्भमा सरकारले चालेको कदमबारे पनि संसदलाई जानकारी दिनुपर्ने उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>