राजनीति
चितवनका दुई युवा इन्जिनियर होमिए सिडेन चुनावमा

काठमाडौं, जेठ १३–
नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)को सातौँ केन्द्रीय कार्यकारिणी समिति र दोस्रो प्रादेशिक समितिको चुनाव आज हुन लागेको छ ।
सिडेनको केन्द्रीय अध्यक्षमा चेतनाथ पाण्डे र बागमती प्रदेश सभापतिमा विक्रम खतिवडाको प्यानलबाट चितवनलाई प्रतिनिधित्व गरेर दिवस मैनाली र बागमती प्रदेश सचिवमा रञ्जन न्यौपानेले बागमती प्रदेश सदस्यमा आफ्नो उम्मेदवारी दिएका छन् ।
बागमती प्रदेशमा मात्र ४ हजार २८० जना इन्जिनियर मतदाता रहेको छन् । अधिकांश मतदाता बागमती प्रदेशका रहेका छन् ।
इञ्जिनियर दिवस मैनालीले चितवनलाई प्रतिनिधित्व गरेर सम्पूर्ण इन्जिनियरहरुको हकहितको लागि सधैँ आवाज उठाउने हेतुले प्रदेशमा आफ्नो उम्मेदवारी दिएको बताएका छन् ।
मैनाली चितवन राप्ती नगरपालिका–५ का बासिन्दा हुन् । उनी चितवनको युवा ब्यवसायी पनि हुन् । उनी विभिन्न इन्जिनियरिङ कन्सलटेन्सीमा पनि आबद्द छन् । उनले चितवनमा धेरै इन्जिनियरहरुलाई रोजगार पनि सिर्जना गरिदिएका छन् ।
यसैगरी इन्जिनियर रञ्जन न्यौपानेको घर चितवन गीतानगर रहेको छ र उनी चितवनको विधार्थी नेता पनि हुन् । उनी यूटेक कलेजको नेविसंघको पूर्व इकाई सभापति पनि हुन् ।
उनले पोखरा विश्वविधालय र चितवनका विभिन्न कलेजमा विधार्थी हक हितको लागि धेरै विधार्थी आन्दोलन गरेका छन् । पोखरा विश्व विद्यालयमा कोभिडको बेला होस् अथवा उपकुलपति रिक्त हुँदा देखि होस् कि पोखरा विश्वविद्यालयको अनेकौँ बेथिति विषयमा रञ्जन न्यौपानेको अगुवाइमा धेरै विधार्थी आन्दोलन भएको थियो ।