राजनीति
एमालेको अवरोधपछि संसद बैठक २० मिनेटलाई स्थगित
०

काठमाडौं,जेठ १२-
नेकपा एमालेले अवरोध गरेपछि संसद बैठक २० मिनेटका लागि स्थगित भएको छ ।
नेकपा माओवादीका सांसद राजन दाहालले पशुपतिनाथ मन्दिरमा सुन भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलरी हालेको आरोप लगाएको भन्दै एमालेले संसद अवरोध गरेको हो । एमालेले दाहालको भनाइ संसदको रेकर्डबाट हटाउनु पर्ने माग राखेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि संसद बैठक स्थगित गरेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























