राजनीति

एकीकृत समाजवादीद्वारा नक्कली भुटानी शरणार्थी प्रकरणविरुद्ध थप आन्दोलन घोषणा

Banner

काठमाडौँ, जेठ ११-

नक्कली भुटानी शरणार्थी प्रकरणविरुद्ध नेकपा एकीकृत समाजवादीले थप आन्दोलनको घोषणा गरेका छ। हिजो (बुधवार) सम्पन्न उक्त पार्टीको मोर्चा सङ्गठन विभागको नवौँ बैठकले थप आन्दोलनको घोषणा गरेका हो ।
विभागका प्रमुख डा विजय पौडेलको अध्यक्षतामा बसेको बैठकले जेठ १६ गते दिउँसो ४ बजे सबै जिल्लामा विरोध प्रदर्शन, र्‍याली र कोणसभा गर्ने निर्णय गरेको छ । यस्तै काठमाडौँ उपत्यकाको हकमा सोही मिति र समयमा माइतीघर मण्डलामा जुलुससहित नयाँ बानेश्वरमा पुगी सभा गर्ने निर्णय भएको सो पार्टीले जनाएको छ ।
त्यसका लागि मोर्चा संगठनको तर्फबाट पार्टी केन्द्रीय कमिटी, भूगोलका सबै प्रदेश कमिटी, विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटीलाई सहयोगका लागि अनुरोध गर्ने निर्णय भएको छ ।

विभागले यसअघि पनि काठमाडौँसहित देशभर नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीमाथि हदैसम्मको सजाय माग गर्दै प्रदर्शन गरेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>