राजनीति
गठबन्धन बन्ने र भत्किने प्रक्रिया देखेपछि मेरो अप्ठ्यारोलाई बुझेर राजदूतले चीनको भ्रमण पछि गरौं भन्नुभयोः प्रधानमन्त्री

काठमाडौं,जेठ ९-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीन भ्रमणको निम्तो आएपनि आफ्नो कारणले नरोकिएको बताएका छन् । राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफलको क्रममा सांसदहरूले उठाएको प्रश्नमा जवाफ दिँदै उनले प्रधानमन्त्री नियुक्त भएपछि पहिलो विदेश भ्रमण भारतबाटै गर्नुपर्ने कुनै बाध्यता नभएको प्रष्ट्याए ।
प्रचण्डले भने, ‘प्रधानमन्त्रीले पहिला कताको भ्रमण गर्ने भन्ने कुरा बाध्यता छैन । समय र परिस्थितिअनुसार गरिने कुरा हो । त्यसको सबैभन्दा ठूलो प्रमाण नै म आफैं हुँ । म पहिलोपटक प्रधानमन्त्री हुँदा पहिलो भ्रमण उत्तरतिरबाट सुरू गरेको थिएँ ।’
उनले भने, ‘उत्तरले गोआव फोरममा निम्ता गरेको पक्कै पनि हो । तर, त्यहाँ हामी नजाने भनेर निर्णय नेपाल सरकारले गरेको होइन । चिनियाँ राजदूतले नै यहाँको राष्ट्रपति र उपराष्ट्रपति चुनावको दबाब, यहाँ गठबन्धन बन्ने र भत्किने प्रक्रिया देखेपछि उहाँहरूले सरकारको अप्ठ्यारोलाई बुझेर मलाई तपाईं निकै अप्ठ्यारो अवस्थामा हुनुहुन्छ । गोवा फोरममा जान सम्भव देखिराख्या छैन हामीले अलि पछि गरौं कि क्या हो रु चीन भ्रमण भनेपछि मैले उहाँलाई मर्का बुझ्दिनुभएकोमा धन्यावाद भनेको हुँ । त्यसकारण मैले रोकेको भन्ने कुरा सत्य होइन ।’



























