राजनीति

नीति तथा कार्यक्रम परम्परा धान्न ल्याएको दस्तावेज हो,धेरै उत्ताउलो देखाउनुपर्छ जस्तो लाग्दैनः स्वर्णिम वाग्ले

Banner

काठमाडौं, जेठ ९-

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम परम्परा धान्न ल्याएको दस्तावेज भएको बताएका छन् ।

प्रतिनिधिसभामा छलफलको क्रममा उनले कर्मकाण्डीलाई क्रमभंगतातिर लानुपर्ने बताए । उनले भने, ‘नीति तथा कार्यक्रमबारे आरोप(प्रत्यारोप भइरहेको छ । तर, हामी रचनात्मक प्रतिपक्ष बन्छौं । यो परम्परा धान्नलाई ल्याएको एउटा दस्तावेज हो । र, परम्परा पनि धानिएको छ । नविनता, ऊर्जा, प्रेरणा, महत्वाकांक्षा इत्यादिका कसीमा राम्रो गर्न सकिन्थ्यो होला । विगत १० वर्षदेखि राज्यप्रणालीमा संलग्न छु । नीति तथा कार्यक्रम यस्तै यस्तै हो । त्यसैले यसमा धेरै उत्ताउलो पनि देखाउनुपर्छ जस्तो लाग्दैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>