राजनीति

शरणार्थी प्रकरणमा अडियो छताछुल्ल हुँदा पनि सम्बन्धित व्यक्तिमाथि छानबिन भएनः शंकर पाखरेल

Banner

काठमाडौं,जेठ ९-

नेकपा एमालेका महासचिव शंकर पाखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएकाहरूमाथि प्रहरीले पर्याप्त छानबिन नगरेको भन्दै आपत्ति जनाएका छन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजू राणा र पूर्वगृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जुलाई लक्ष्यित गर्दै फेसबुकमार्फत आपित्त जनाएका हुन् ।

उनले लेखेका छन्, ‘पीडित भनिएकाहरूले सार्वजनिक गरेका र पीडितसँगको संवादका क्रममा अभियुक्तहरूले नै नाम लिएका अडियो-भिडियो सामाजिक सञ्जालमा छताछुल्ल हुँदा पनि सम्बन्धित व्यक्तिलाई छानबिनको प्रकृयामा नै नल्याइकनै सत्तापक्षको निर्देशन अनुरूपको अनुसन्धान प्रतिवेदनलाई हल्काफुल्कारूपमा तयार गरी सरकारी वकिलको कार्यालयमा बुझाइएको कुरा सार्वजनिक हुँदा सुरूदेखि नै गरिएको आशंकालाई पुष्टि गरेको छ । यति सम्वेदनशील र गम्भीर अपराधका विषयमा गरिएको यस प्रकारको कमजोरीको जति आलोचना गरेपनि कम हुन्छ ।’

आरजु र मञ्जुलाई करोडौं पैसा बुझाएको दाबी गरिएको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>