Uncategorized
ओलीलाई हेडमास्टरको उपाधिले पुग्दैन, उहाँ त प्रोफेसर डाक्टर होः गोकुल बाँस्कोटा
०

काठमाडौं, जेठ ९-
नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले केपी ओलीलाई हेडमास्टरको उपाधिले नपुग्ने बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा नीति कार्यक्रममाथिको छलफलमा बोल्दै उनले माओवादी केन्द्रका सांसद माधव सापकोटालाई जवाफ दिएका हुन्।
सापकोटाले नीति, कार्यक्रममा टिप्पणी गर्ने क्रममा विपक्षी दलका नेता ओलीले हेडमास्टरी शैलीमा पढाएको बताएका थिए।
‘हेडमास्टर भन्नुभो, हामी आक्रोशित छैनौं। नेकपा एमाले लोकतन्त्रको, राष्ट्रिय स्वाधीनताको सामाजिक न्याय सहितको परिवर्तनको, पुनर्जीवनको र राष्ट्रिय आत्मविश्वास निर्माणको विश्वविद्यालय हो, तपाईंहरूले दिएको उपाधिले पुग्दैन, उहाँ त भिसी-उपकुलपति हो, प्रोफेसर डाक्टर हो’ उनले भने।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>