कालीकोट

कालीकोटमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

Banner

कालीकोट, कात्तिक २२-

कालीकोटमा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ ।
कालीकोट – मुगुबाट सुर्खेतका लागि छुटेको भे १ च ४४१२ नम्बरको जीप कालीकोटको तिलागुफा नगरपालिका ५ खल्लागाडमा दुर्घटना हुँदा तीन जनाको ज्यान हो।

जीप दुर्घटनामा एक जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) जयश्वर रिमालले जानकारी दिनुभयो । ज्यान गुमाउनेमा ठेगाना नखुलेका वर्ष २१ का अकल विक, वर्ष २५ का सुदर्शन सेजुवाल र वर्ष २१ का रमेश बुढा रहेका छन् ।

दुर्घटनामा सात जना घाइते भएका र उनीहरूलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>