कालीकोट

कालीकोटमा बम विस्फोट हुँदा एक बालिकाको मृत्यु, चार जना घाइते

Banner

सुर्खेत, कात्तिक १२-

कालीकोटमा आज बिहान करिब ८ बजेको समयमा बम विस्फोट हुँदा एक बालिकाको मृत्यु भएको छ। कालीकोटको तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विस्फोट हुँदा एक बालिकाको मृत्यु भएको छ भने ४ वर्षीय झरना थापाको मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए ।

यस्तै, घाइते हुनेहरुमा ७ वर्षीय कमल थापा, ५ वर्षीय मुस्कान थापा, ४ वर्षीय सरस्वती थापा र ३ वर्षीय पखना थापा घाइते भएका शर्माले बताए।

घाइतेहरूलाई गृह मन्त्रालयको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा लगिएको छ। गृहमन्त्री बालकृष्ण खाँणले घाइते बालबालिकाको उद्धारका लागि घटनास्थलमा हेलिकप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका थिए।

घाइते बालबालिकाको अवस्था गम्भीर रहेको प्रजिअ रामहरि अधिकारीले बताए। प्रजिअ रामहरिले अनुसार कस्तो खालको बम हो, कसले र किन राखेको हो भन्नेबारे कुनै जानकारी नभएको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>