समाचार

झापामा छुट्टाछुटै र्दुघटनामा दुईको मृत्यु

Banner

बनियानी, साउन,२६-

झापा हल्दिबारी गाउँपालिका–२ मा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जना पैदलयात्रीको आज बिहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी ३५ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ७ प ४१३७ नं को मोटरसाइकलले गएराती ठक्कर दिँदा गम्भीर घाईते भएका तामाङको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी। अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

दुर्घटनामा तामाङसहित मोटरसाइकल चालक विर्तामोड–३ का ४५ वर्षीय देवबन्धु उप्रेती र मोटरसाइकलमा सवार १३ वर्षीय राकेश ठाकुर घाइते भएका थिए । घाइतेमध्ये उप्रेती र ठाकुरको बिर्तामोडस्थित बिएण्डसी। अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, झापाको भद्रपुर नगरपालिका–१० का बासुदेव जोगीको १२ वर्षीय छोरा सुमन जोगीको पोखरीमा डुबेर मृत्यु भएको छ । घरबाट शनिबार दिउँसो १ बजे नै हिँडेका बालक बेलुकासम्म घर नफर्केपछि खोजतलास गर्ने क्रममा राति करिब ८ः३० बजे बिष्णु कन्स्ट्रक्सनको माछा पोखरीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतक बालकको शवको पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>