अन्तर्राष्ट्रिय

अमेरिका र इरानबीच २४ घन्टाभित्र सम्झौता हुने

Banner

काठमाडौँ, जेठ ३०-

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीच चौबीस घन्टाभित्र शान्ति सम्झौता हुने बताएका छन्। तीन महिनाभन्दा लामो युद्धविरामपश्चात दुवै देश शान्ति सम्झौताका लागि प्रारम्भिक मस्यौदामा सहमत रहेको शरिफले सामाजिक सञ्जालमा लेखेका छन्।

‘हामी शान्ति सम्झौताका लागि अहिलेसम्मकै सबैभन्दा नजिक पुगेका छौं। आगामी २४ घन्टाभित्र सम्झौताले अन्तिम रूप पाउने सम्भावना छ। त्यसलगत्तै हुने विद्युतीय हस्ताक्षरका लागि पाकिस्तान तयारीमा छ, त्यसपछि अर्को साता प्राविधिक तहको वार्ता हुनेछ,’ प्रधानमन्त्री शरिफले एक्समा लेखेका छन्।

उनले यो ऐतिहासिक शान्ति सम्झौताले दीर्घकालीन शान्तिका लागि बलियो आधार तयार पार्नेमा आफू विश्वस्त रहेको पनि बताएका छन्। अप्रिल ७ मा अमेरिका र इरानबीच युद्धविराम भएपछि शान्ति सम्झौताका लागि पाकिस्तानले प्रमुख मध्यस्थकर्ताको भूमिका खेलिरहेको छ। पछिल्लो समय कतारले पनि मध्यस्थता गरिरहेको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले अमेरिका र इरानबीच युद्ध अन्त्य र सम्झौताका मोटामोटी सर्तहरूमा शुक्रबार नै सहमति गरिसकेको जनाएको छ।

शुक्रबार नै वाशिङ्टनले केही दिनभित्रै शान्ति सम्झौतामा हस्ताक्षर हुने दाबी गरेको थियो। शुक्रबार नै इरानका विदेशमन्त्री अब्बास अराग्चीले सम्झौताको नजिक पुगेको बताएका थिए। यद्यपि प्रारम्भिक सहमतिमा केही फेरबदल हुनसक्ने भन्दै युद्धबाट इरान बलियो रूपमा निस्किएको बताएका थिए।

‘अमेरिकासँगको युद्धमा इरान विजेता हो,’शुक्रबार सरकारी टेलिभिजनबाट सम्बोधन गर्दै उनले भनेक थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>