चितवन विशेष

नारायणी नदीमा बगेको अवस्थामा सेवा निवृत सरकारी कर्मचारीको शव फेला

Banner

चितवन, जेठ ३०–
चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारको ड्यामसाइड क्षेत्रमा शनिबार बिहान एक पुरुषको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान करिब ७ः३० बजे नारायणी नदीले एक पुरुषको शव बगाउँदै ल्याएको भन्ने सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी निरीक्षक कुशराम कार्कीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले नदीबाट शव बाहिर निकाली अनुसन्धान गर्दा मृतकको साथबाट राष्ट्रिय किताबखाना, हरिहरभवन ललितपुरबाट जारी गरिएको परिचयपत्र फेला परेको थियो। त्यसपछि आफन्तसँग बुझ्दा मृतक काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर निवासी ५९ वर्षीय वामदेव शर्मा अधिकारी रहेको खुलेको प्रहरीले जनाएको छ। अधिकारी सेवा निवृत्त सरकारी कर्मचारी रहेको समेत प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>