देश/प्रदेश

तिहार बिदामा निगमको डिपो खुला रहने

०
Banner

काठमाडौैँ, कात्तिक २० –

पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन दीपावलीसहित सार्वजनिक बिदाका दिनमा पनि नेपाल आयल निगमको डिपो खुल्ला रहने भएको छ ।

उपभोक्ताको हितलाई ध्यानमा राखी स्थानीय आवश्यकताका आधारमा विराटनगर, अमलेखगन्ज, थानकोट, पोखरा, भैरहवा, सुर्खेत, धनगढी, नेपालगन्ज, दाङ, जनकपुर, चारआली, वीरगन्ज र दिपायलका डिपो तथा प्रादेशिक कार्यालय खुला रहने निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>