Breaking News
विज्ञानमन्त्री पुनको राजीनामा माग गर्दै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका कर्मचारीहरु आन्दोलित
०

काठमाडौं, मंसिर ११-
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका कर्मचारीहरु आन्दोलित भएका छन् ।
शुक्रवार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ऐन तथा नियमावलीका सम्बन्धमा सरोकारवालाहरुसँग कुनै छलफल नै नगरी अध्यादेश ल्याइएको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । विज्ञान प्रविधि तथा नवप्रवर्तन महावीर पुनले नैतिक जिम्मेवारी लिइ तत्काल राजीनामा दिन माग गर्दै विरोध प्रदर्शन गरेका छन् । प्रतिष्ठानको प्राङ्गणमा प्रदर्शन गर्दै उनीहरुले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ऐन तथा नियमावली सरोकारवालाहरुसँग छलफल नगरी ल्याइएको र आफ्ना सुझावहरु बेवास्ता गरिएको उनीहरुको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























