चितवन विशेष

लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा चितवनका सुबोध प्रधान मनोनित

०
Banner

चितवन, कार्तिक २०-

नेपाली काँग्रेस संस्थापन इतर पक्षले नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा चितवनका सुबोध प्रधान मनोनित भएका छन । प्रधानलाई १५ औं महाधिवेशन संयोजक डाक्टर शशांक कोइरालाले मनोनित गरेका हुन ।

प्रधानले सिजिम्मेवारीलाई मैले पदभन्दा बढी लोकतान्त्रिक मूल्य, मान्यता र खेलकुद क्षेत्रको विकासका लागि प्राप्त महत्वपूर्ण दायित्वका रूपमा लिएको बताएका छन । विगत लामो समयदेखि राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक पद्धतिप्रति प्रतिबद्ध रहँदै नेपाली कांग्रेस तथा नेपाल लोकतान्त्रिक खेलकुद संघप्रति निष्ठा र समर्पणका साथ योगदान पुर्‍याउँदै आउनुभएका सम्पूर्ण नेता, कार्यकर्ता, खेलाडी तथा शुभेच्छुकहरूलाई आपसी एकता, सहकार्य र संगठनात्मक सुदृढीकरणका लागि एकबद्ध हुन आह्वान गरेका छन ।

सबैको साथ, सहयोग र विश्वासलाई आत्मसात् गर्दै संघलाई थप सशक्त, गतिशील र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>