चितवन विशेष
चितवनमा बोलेरो जीप दुर्घटना हुँदा २५ जना घाइते
०

चितवन, कार्तिक २०-
चितवनको राप्ती नगरपालिका–५ सिपडाँडामा बोलेरो जीप दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। आज दिउँसो करिब ४ः३० बजे राप्ती नगरपालिका–५ भण्डाराबाट राप्ती नगरपालिका–११ थाकलटारतर्फ जाँदै गरेको बाप्र०१–०३५ च २८८६ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा जीपमा सवार २५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभुसन यादवले जानकारी दिए दुर्घटनापछि घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। घाइतेहरूको अवस्था मध्यम रहेको र उनीहरूको नाम तथा ठेगाना खुल्न बाँकी रहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























