चितवन विशेष

धर्मराज अर्यालको योगदान स्मरण गर्दै आठौँ स्मृति दिवस मनाईयो

Banner

चितवन, जेठ ३०-

चितवनको पत्रकारिता र साहित्य क्षेत्रमा अतुलनीय योगदान पु¥याउनुभएका अग्रज पत्रकार तथा साहित्यकार धर्मराज अर्यालको आठौँ स्मृति दिवस मनाईएको छ ।
‘स्वतन्त्र, जिम्मेवार र सशक्त पत्रकारिता, समृद्धि साहित्य र समुन्नत समाजका लागि’ भन्ने मूल नारासहित चितवन पोष्ट दैनिकले शनिवार भरतपुरमा आयोजित कार्यक्रममा बोल्ने सहभागिले धर्मराज अर्यालले चितवनको पत्रकारिता तथा साहित्यिक क्षेत्रमा पु¥याउनुभएको योगदानको स्मरण गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष वसन्तराज पराजुलीले मोफसल पत्रकारिताको विकासमा धर्मराज अर्यालको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले अर्याललाई मोफसल पत्रकारिताका नायकका रूपमा उल्लेख गर्दै राष्ट्रिय समाचार समिति र चितवन पोष्टमार्फत उहाँले पत्रकारिता मार्फत चितवनको विकासमा उल्लेखनीय योगदान पु¥याएको बताउनुभयो ।

साहित्यकार तथा लेखक डिआर पोखरेलले साहित्य र पत्रकारिता दुवै क्षेत्रमा धर्मराज अर्यालको योगदान स्मरणीय रहेको बताउनुभयो । उहाँले अर्यालको योगदानलाई भावी पुस्तासम्म पु¥याउन स्मृतिग्रन्थ प्रकाशन गर्न चितवन पोष्ट दैनिकलाई आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष जनक अर्यालले धर्मराज अर्याल इमान्दार, निष्ठावान् र आफूले सही ठानेको विषयका लागि जुनसुकै मूल्य चुकाउन तयार रहने व्यक्तित्व भएको उल्लेख गर्नुभयो । पत्रकार रामकुमार एलनले आफूहरूका लागि चितवन पोष्ट विश्वविद्यालयसरह रहेको बताउँदै धर्मराज अर्यालबाट पत्रकारिताका धेरै पाठ सिक्न पाएको स्मरण गर्नुभयो ।

कार्यक्रममा साहित्यकार धनराज गिरी, पत्रकार विरेन्द्रमणि पौडेल, शशिधर गैरे, अनिल ढकाल, प्रकाश ज्ञवाली, साहित्यकार उदय अधिकारी, भानु उपाध्यायलगायतले धर्मराज अर्यालको व्यक्तित्व, कृतित्व तथा चितवनको पत्रकारिता र साहित्य क्षेत्रमा उहाँले पु¥याउनुभएको योगदानबारे चर्चा गर्नुभएको थियो । सहभागीहरुले धर्मराज अर्यालको निष्पक्ष, जिम्मेवार र समाजप्रति समर्पित पत्रकारिता आजका पत्रकारहरूका लागि प्रेरणाको स्रोत बनेको उल्लेख गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>