चितवन विशेष

चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ

Banner

चितवन, जेठ २५-
चितवन जिल्ला अदालतबाट विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तोकिएर हालसम्म फरार रहेका १५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

चितवन प्रहरीका अनुसार पक्राउ पर्नेमध्ये सबैभन्दा बढी लागुऔषध र चोरी मुद्दाका प्रतिवादीहरू रहेका छन्। प्रहरीले लागुऔषध मुद्दामा कैद र जरिवाना तोकिएर फरार रहेका ६ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई जम्मा ७ महिना कैद र १ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । यसैगरी, चोरी मुद्दामा फैसला भई फरार रहेका थप ६ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूको हकमा अदालतबाट जम्मा ११ दिन कैद र ४ हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो।

यस्तै, चेक अनादर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका २ जना प्रतिवादी पनि पक्राउ परेका छन्। उनीहरूलाई कैद सजाय नभए पनि जम्मा ६ हजार रुपैयाँ जरिवाना तोकिएको थियो। यसका साथै, डाँका जस्तो गम्भीर मुद्दामा ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएका १ जना फरार प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गर्न सफल भएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>