चितवन विशेष

मध्यरातमा प्रहरीको सिआइडी भन्दै चितवनमा एक महिलामाथि सामूहिक बलत्कार,८ बर्षपछि पक्राउ परे अभियुक्त

Banner

भरतपुर,जेठ २७-

जिल्ला प्रहरी कार्यालय चितवनले अपहरण तथा सामूहिक जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार २०७५ साल असार ७ गते राति करिब २ बजे मोटरसाइकलमा आएका २ जना पुरुषले पीडित महिलाको घरमा प्रवेश गरी जबरजस्ती करणी गरेका थिए । आफूहरू टाँडी प्रहरीबाट आएका सिआइडी प्रहरी भएको भन्दै “केही जरुरी कुरा बुझ्नु छ, हामीसँग तुरुन्त जानुपर्छ” भनेर पीडितको नाबालक छोरा समेतलाई मोटरसाइकलमा राखी प्रहरी कार्यालयतर्फ लैजाने भन्दै जंगलतर्फ लगेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो क्रममा डरत्रास देखाई दुई जनाले पीडितमाथि सामूहिक जबरजस्ती करणी गरी फरार भएका थिए। घटनामा संलग्न चितवन कालिका नगरपालिका–३ बस्ने पुटम थिङलाई प्रहरीले पक्राउ गरी अनुसन्धानपछि चितवन जिल्ला अदालतबाट अपहरण तथा जबरजस्ती करणी मुद्दामा १९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सजाय तोकिएको थियो।

वारदातपछि फरार रहेका अर्का प्रतिवादी कालिका नगरपालिका–७ बस्ने सुमन दोङ भन्ने सुमन तामाङलाई खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडीबाट खटिएको प्रहरी टोलीले २२ गते पक्राउ गरेको प्रहरीले जनाएको छ। उनलाई चितवन जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>