Uncategorized

त्रिशूलीमा बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या पाँच पुग्यो, २१ अझै बेपत्ता

Banner

काठमाडौं साउन २४-

धादिङको त्रिशूली नदीमा आज बिहानै यात्रुबाहक बस खस्दा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । तीनजनाको शव बिहानै फेला परेको थियो भने हराइरहेका मध्ये एक महिलाको शव मुग्लिनमा र अर्को जुगेडीमा भेटिएको हो । जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख नेत्रप्रकाश भट्टका अनुसार बस नदीबाट निकाल्नका लागि क्रेन मगाइएको छ ।

२१ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । सर्लाहीको मलंगवाबाट काठमाडौं आउँदै गरेको बस बिहान सवा ३ बजे त्रिशूली नदीमा खसेको थियो । ना ६ ख ७४६९ नम्बरको बस धादिङको सल्यानघाटबाट त्रिशूलीमा खसेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>