चितवन विशेष

रिहा भएपछि कँडेलसहित चार जनाले क्षमायाचना गर्दै भनेः डोजर लगाएर भत्काएको बार अब आफै निर्माण गर्छौ(विज्ञप्तीसहित)

Banner

चितवन,जेठ २७-

निर्माणाधिन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाएर भत्काएको अभियोगमा पक्राउ परेका थप चार जना रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले मुख्य आरोपी मानिएका प्रकाश कँडेल, भैरव बास्ताकोटी, सुरेन्द्र बि.क. र धुव्र चापागाई रिहा गरेको हो ।

रिहा भएपछि पक्राउ परेका चारै जनाले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै जेठ १५ गते विहान डोजर लगाएर बार भत्काउने कार्यप्रति दुःख व्यक्त गर्दै क्षमायाचना गरेका छन् । उनीहरुले भत्काएको पश्चिम तर्फको बारलाई तत्काल यथास्थानमा पुनःनिर्माण गरी रंंगशालालाई हस्तान्तरण गर्ने विज्ञप्तीमा उल्लेख गरेका छन् । रंगशाला निर्माणको हाल रोकिएको कामलाई सुचारु गराउन धुर्मस सुन्तली फाउण्डेशनलाई आब्हान समेत उनिहरुले गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>