Breaking News

पत्रकार खोज्दै नयाँ पत्रिका र दियो पोष्टमा पनि पुग्यो प्रहरी

०
Banner

काठमाडौं, कार्तिक १३-

प्रहरीले सञ्चारमाध्यमको कार्यालयमै प्रवेश गरेर पत्रकारलाई अनाधिकृत तबरबाट धरपकड गर्न थालेको छ । आज नेपाल प्रेसको कार्यालयबाट विश्वमणी सुबेदीलाई पक्राउ गरेको प्रहरी नयाँ पत्रिका र दियो पोस्ट अनलाईनमा पनि पुगेको छ ।

नयाँ पत्रिकामा पत्रकार नवराज मैनालीलाई खोज्दै सादा पोशाकका प्रहरी पुगेका हुन् । उनीहरुले पत्रकार मैनालीलाई पक्राउ पूर्जीबिना पक्राउ गर्न खोजिरहेको एक पत्रकारले जानकारी दिए । अहिले प्रहरी नयाँ पत्रिकामै छ ।

यस्तै दियो पोस्ट अनलाइनमा पनि प्रहरी पुगेको थियो । दियो पोस्टका सम्पादक सुदीप विश्वकर्मालाई खोज्दै आएको प्रहरी उनलाई नभेटेपछि फर्किएको त्यहाँका पत्रकारले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>