देश/प्रदेश

नेपाल प्रेसको समाचार कक्षमा पसेर पक्राउ पूर्जीबिनै पत्रकार सुवेदी पक्राउ

०
Banner

काठमाडौं, कार्तिक १३-

प्रहरीले नेपाल प्रेसको कार्यलयभित्रै प्रवेश गरेर पत्रकारलाई पक्राउ गरेको छ । सादा पोशाकमा आएका प्रहरीले सुरक्षा र अपराध बिटमा रिपोर्टिङ गर्दै आएका पत्रकार विश्वमणी सुवेदीलाई नियन्त्रणमा लिएको हो ।

पत्रकार सुवेदी नेपाल प्रेसको समाचार कक्षमा कार्यरत रहेको बेलामा तीन जना व्यक्तिहरु कार्यालयभित्र प्रवेश गरेका थिए । प्रहरीको भ्यानमै आएका उनीहरुले गेटमा रहेका गार्डलाई साथी भेट्न आएको भनेर भित्र छिरेका हुन् ।

समाचार कक्षभित्र प्रवेश गरेर उनीहरुले पत्रकार सुवेदीलाई समाचारको विषयमा छलफल गर्नुपर्ने भएकाले आफूहरुसँग जान भनेका थिए । समाचार कक्षमा रहेका अर्का पत्रकार राजाराम न्यौपानेका अनुसार प्रहरीले कुनै पनि पक्राउ पूर्जी दिएका छैनन् । उनीहरुले आफूहरु अपराध अनुसन्धानबाट आएको र ‘आइजी साब’को आदेश रहेको मात्रै बताएका थिए ।

सुवेदीले छलफलका लागि आउनुपर्ने भए आफ्नै मोटरसाइकलमा आउने बताए पनि प्रहरीले अनुमति दिएनन् । उनीहरुले सुवेदीलाई प्रहरीको गाडीमा हालेर लगेका छन् । पत्रकार सुवेदीसँग नेपाल प्रेसले सम्पर्क गर्दा उनको फोन उठेको छैन भने प्रहरीले पनि केही बताएको छैन । प्रहरी स्रोतका अनुसार साइबर ब्यूरोको आग्रहमा अपराध महाशाखाले पत्रकार सुवेदीलाई नियन्त्रणमा लिएको हो । नेपाल प्रेसमा प्रकाशित प्रहरी महानिरिक्षकमाथि राजीनामाको दबाबसम्बन्धी समाचारको स्रोत खोज्नका लागि पक्राउ गरिएको प्रहरी स्रोतको दाबी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>