इच्छकामना
मुग्लिन नजिकै घोप्टेभीरमा चार दिनपछि दुईतर्फी गाडी चल्न थाले
०

चितवन,कात्तिक २९-
पृथ्वी राजमार्ग अन्तर्गत चितवनको मुग्लिन नजिकै रहेको घोप्टेभीरमा चार दिनपछि दुईतर्फी गाडी चल्न थालेका छन् । सुख्खा पहिरोका कारण सडक अवरुद्ध भएपछि एकतर्फी रूपमा सञ्चालन हुँदै आएको सडक हिजो बेलुकीदेखि दुईतर्फी सञ्चालनमा आएको मुग्लिन प्रहरीले जनाएको छ ।
सुख्खा पहिरोका कारण पटकपटक अवरुद्ध हुँदै आएको यस सडकखण्डमा यात्रा गर्दा सतर्कता अपनाउन प्रहरीले यात्रु तथा चालकलाई आग्रह गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























