फोटो फिचर
त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाअघि बाढीमा दिवंगत भएकाहरूको सम्झनामा गाडिएका प्रार्थना झण्डाहरु (तस्बिरहरु)
०

काठमाडौँ, कात्तिक २८ –
गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदि बेसिनमा आएको विनाशकारी बाढीमा परेर दिवंगत भएकाहरुको सम्झानामा त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजना अगाडि गाडिएका झण्डाहरु । तामाङ संस्कृतीमा यस्तो झण्डाको मुख्य अर्थ मृतकको आत्माको शान्ति, सही मार्गको निर्देशन र सुखावती भुवन तथा मोक्ष प्राप्तिको कामना गर्नु हो ।
उक्त बाढीमा परेर १,४६४ जनाको मृत्यु भएको थियो भने ५,२८५ जना बेपत्ता भएका थिए । त्यसमध्ये ११० शव पहिचान गरिएका थिए भने बाँकीको पहिचानका लागि परिवारका डिएनए सङ्कलन र परीक्षणको काम अघि बढाइएको थियो । ३७ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनामा कार्यरत करीब १७८ जना कर्मचारी सम्पर्कविहीन भएका थिए ।
तस्बीरः नेपाल न्यूज बैक

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























