देश/प्रदेश

सर्लाहीका नदी, पोखरी तथा तलाउमा छठ पूजाको तयारी पूरा

०
Banner

विश्वनाथ ठाकुर,

सर्लाही ,कात्तिक २८ –

आस्थाको महापर्व छठ पूजालाई लक्षित गर्दै सर्लाहीका विभिन्न नदी, पोखरी तथा तलाउहरूमा छठ घाटहरूलाई आकर्षक ढंगले सजाइएको छ । पर्वको तयारीस्वरूप जिल्लाका विभिन्न स्थानमा रहेका छठ घाटहरूको सरसफाइ, सजावट तथा व्यवस्थापन गरिएको छ।

छठ पर्वअन्तर्गत आज शनिबार व्रतालुहरूले खरना विधि गर्दैछन्। खरना सम्पन्न गरेपछि व्रतालुहरू छठको मुख्य पूजाको तयारीमा जुट्नेछन ।

भोलि आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिनेछ भने पर्सि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि चार दिनसम्म मनाइने छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ ।

छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्ने धार्मिक परम्परा रहेको छ ।

छठ पर्वलाई व्यवस्थित, सुरक्षित र सभ्य रूपमा सम्पन्न गर्न स्थानीय स्तरमा विभिन्न तयारीसमेत गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>