समाचार

तीन महिनामा डेढ करोडभन्दा बढी कण्डम आयात

०
Banner

काठमाडौँ,कात्तिक १२-

आर्थिक वर्षको पहिलो तीन महिना (साउन–असोज) मा नेपालमा १ करोड ५७ लाख थानभन्दा बढी कण्डम आयात भएको छ । भन्सार विभागको वैदेशिक व्यापारसम्बन्धी पछिल्लो तथ्यांक अनुसार उक्त अवधिमा ८ करोड रुपैयाँभन्दा बढी मूल्यको कण्डम भित्रिएको हो ।

विभागको विवरण अनुसार तीन महिनाको अवधिमा कुल १ करोड ५७ लाख ११ हजार २०७ थान कण्डम आयात भएको छ । यस आयातको कुल मूल्य ८ करोड ५ लाख ७९ हजार रुपैयाँ छ । यो परिमाणमा कण्डम आयात हुँदा राज्य कोषमा भने २ हजार रुपैयाँ मात्र राजस्व प्राप्त गरेको छ ।

सरकारले कण्डमलाई अत्यावश्यक स्वास्थ्य सामग्रीअन्तर्गत राखी भन्सार महसुल छुटबराबर व्यवस्था गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>