देश/प्रदेश
लमजुङमा एक घण्टामा २८.६ मिलिमिटर वर्षा
०

काठमाडौं ,असोज २१
पछिल्लो एक घण्टामा लमजुङको रैनामैना वर्षा मापन केन्द्रमा सबैभन्दा धेरै २८.६ मिलिमिटर वर्षा मापन भएको छ ।
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ७ः५८ बजेसम्म रैनामैना केन्द्रमा उक्त वर्षा मापन गरिएको हो ।
हाल गण्डकी प्रदेशका थोरै स्थानमा तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार ती क्षेत्रमा थप वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























