देश/प्रदेश
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही
०

काठमाडौं ,असोज २१-
ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८०, सिसिटिभिमार्फत ३०, रातोबत्तीमा २४ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा ५९, हर्न निषेधमा १५, लेन क्रसमा १५, अवस्था ठिक नभएको ७, एकतर्फीमा ५ र अन्यमा ४०१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























