अर्थ
सुनचाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ किनबेच
०

काठमाडौँ,असोज १८-
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु दुई हजार ९०० र चाँदीको मूल्य रु ६० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु दुई लाख ९१ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३९० कायम भएको छ ।
गत शुक्रबार एक तोला छापावाल सुन रु दुई लाख ९४ हजार ८०० र एक तोला असली चाँदी रु चार हजार ४५० मा खरिदबिक्री भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























