खेलकुद
एनपीएलः जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई दियो १४८ रनको लक्ष्य
०

काठमाडौं, कार्तिक १५–
जनकपुर बोल्ट्सले तृतराज दासको अर्धशतकीय पारीमा पोखरा एभेन्जर्सलाई १४८ रनको लक्ष्य लिएको छ ।
राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुरले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १४७ रन बनाएको थियो । उसका लागि दासले सर्वाधिक रन बनाए । उनले ५१ बलमा ५० रन पूरा गरे। उनको अर्धशतकमा ६ चौका र १ छक्का सामेल छन् ।
यसअघि जारी प्रतियोगितामा पाँचौ अर्धशतक हिर्काउने खेलाडीमा कर्णाली याक्सका कप्तान सोमपाल कामी बनेका थिए । उनले विराटनगर किङ्सकाविरूद्ध २७ बलमा अर्धशतक पूरा गरेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























